काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनले नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको बताए । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ३१ हजार ५७३ र ९ हजार २ सय ३ आइसोलेसनमा छन् । गएको २४ घन्टामा १ सय ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको प्रवक्ता गौतमले बताए ।
जिल्लागत संक्रमितको विवरण
- कन्चनपुर ३२
- रौतहट २७
- काठमाडौं २७
- धनुषा २७
- बाजुरा २०
- सल्यान १५
- कैलाली १४
- कैलाली १३
- झापा २
- पाँचथर १
- ताप्लेजुङ २
- मोरङ २
- सिराह १
- महोत्तरी १२
- पर्सा १
- बैतडी ३
- रौतहट २
- सल्यान १
- सर्लाही ७
- मकवानपुर १
- अर्घाखाँची ४
- बाँके १
- बर्दिया ५
- नुवाकोट २
- भक्तपुर १
- रामेछाप २
- सिन्धुपाल्चोक २
- इलाम १
- ललितपुर २
- म्याग्दी १
- धादिङ १
- बागलुङ १
- तनहुँ २
- कास्की २
- लमजुङ १
- गोरखा १
- कपिलवस्तु २
- नवलपरासी १
- प्यूठान ११
- रुपन्देही २
- दैलेख २
- सुर्खेत १०
- स्याङ्जा १
- दैलेख ५
- सुर्खेत २
- रुकुम पश्चिम ४
- डडेलधुरा ९
- अछाम १
- बैतडी १
- डोटी ३