छोटो दूरीका सार्वजनिक यातायात सुचारु गर्ने सरकारको निर्णय……

सरकारले काठमाडौं उपत्यका र जिल्ला भित्र सार्वजनिक सवारी साधन चलाउने दिने भएको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले उपत्यका तीन जिल्ला र उपत्यका बाहिर सम्बन्धित जिल्ला भित्र मात्र सार्वजनिक सवारी चलाउने निर्णय भएको बताए। ट्याक्सी पनि उपत्यका भित्र र जिल्ला भित्र मात्र चल्न पाउने छन्। ट्याक्सीमा दुई जना मात्र यात्रु राख्न पाइने छ। सार्वजनिक यातायातमा पनि सामाजिक दुरी कायम राख्नु पर्ने भनिएको छ। सवारीमा स्यानिटाइजर र मास्क प्रयोगलाई अनिवार्य गरिएको छ। सवारी साधान र चालकले सुरक्षाका उपाय अपनाउनु पर्ने छ। भौतिकदुरी कामय गरेर सवारी चलाउँदा ५० प्रतिशत मात्रै यात्रु चढाउन पाइनेछ। आधा मात्रै यात्रु चढाउन पाउने भएपछि अहिले कायम भाडाको ५० प्रतिशत बढि लिन पाउने छन्। श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार