भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति नेपालको विरोधपत्र……

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै नेपालले भारतलाई विरोध पत्र बुझाएको छ । भारतको जि न्युजअन्तर्गतको जि विहार झारखण्ड तथा टाइम्स अफ इन्डियामा प्रधानमन्त्रीको मानमर्दन हुनेगरी प्रकाशित सामग्रीलगायतका विषयमा आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले भारतस्थित नेपाली दूतावासमार्फत भारतलाई विरोधपत्र बुझाएको हो । ‘हाम्रा प्रधानमन्त्रीको मानमर्दन हुने किसिमका सामग्री यहाँका मिडियाले प्रकाशन तथा प्रशारण गरेपछि हामीले भारत सरकारलाई विरोधपत्र बुझाएका छौँ,’ भारतस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले नागरिकसँग भने । जी न्यूजमार्फत प्रधानमन्त्री ओली र चिनिया राजदूतका विषयमा प्रकाशित सामग्रीप्रति भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उक्त सञ्चार संस्थानका अध्यक्ष एव भाजपाका सांसद सुभास चन्द्रलाई भेटेर प्रशारित सामग्रप्रति ध्यानाकर्षण गराएको स्रोतले जानकारी दियो । जवाफमा अध्यक्ष सुभाषचन्द्रले गल्ति भएको भन्दै त्यसलाई सच्याउने प्रतिबद्धतासमेत जनाएको स्रोतले बतायो । नेपालले भारतलाई बुझाएको विरोधपत्रमा भारतीय सञ्चार माध्यममा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको र ती सामग्री झुठ, आधारहीन र असंवेदनशील रहेको जनाइएको छ । भारतीय मिडियामा प्रकाशित सामग्रले नेपाली नेतृत्व र जनताको भावनामाथि गहिरो चोट पुगेको पत्रमा उल्लेख गरिएको छ । पत्रमा भारतीय मिडियामा नेपालका बारेमा सम्प्रेषण गरिएका गलत सामग्रीप्रति तत्काल कारबाही अघी बढाउन र त्यस्ता सामग्रीलाई स्थान नदिन भारतसँग आग्रह गरिएको छ । श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार