उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण, १५६ डिस्चार्ज……

काठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २/२ जना र अरु बाहिर जिल्लाकामा कोरोना पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । २४ घन्टामा १५६ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ । जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, काठमाडौंका ५ महोत्तरीका १, पर्वतका १, ललितपुरका २, कास्कीका २ छन् । त्यस्तै स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना रहेका छन् । मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख ३१ हजार ९५ परीक्षणहरु गरिएका छन् । २४ घन्टामा ३ हजार ४८१ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या ५ हजार ३५८ जना रहेको छ । बुधबार सार्वजनिक २४ घन्टाको तथ्यांकमा संक्रमित १०० जना भेटिएका थिए ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार