पछिल्लो २४ घन्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि……

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा २१ हजार ९ जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घन्टामा सात हजार पाँच सय ८७ जनाको पिसिआर परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको उनले बताए । गौतमका अनुसार पछिल्लो २४ घन्टामा ६५ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । स्रोत:  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार