लेबनानको राजधानीमा भएको ठूलो विस्फोटनमा दर्जनौंको मृत्यु, घाइते: स्थानीय टिभी……

लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन्। लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन्। स्थानीय टिभी च्यानलका अनुसार विष्फोटले सम्पूर्ण बेरूतमा भवनहरू हल्लायो र अधिकांश क्षेत्रहरूमा सबै भवन ध्वस्त भएको र चारैतिर सिसा र भग्नावशेष भएको जानकारी दिएका छन्। अधिकारीका अनुसार भारी बिस्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिस्फोट भएको हो। राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै  २ हजार ७ सय ५० टन बिस्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् । बिस्फोट कसरी भयो यसको अनुसन्धान जारी छ। मेररी अबू मरही नामका एक व्यवसायीले अधिकारीहरुलाई टोली पठाउन र आफ्नो डुङ्गामा मानिसहरुलाई बचाउन भने जुन विस्फोटहरुमा बिग्रिएको थियो। यो अझै पनी स्पष्ट छैन कि यो आक्रमण हो वा बेरूतको पोर्टमा भण्डार गरिएको केमिकलहरूको कारण नियमित विस्फोट हो। लेबनानको रेडक्रस र सिभिल डिफेन्सका टोलीहरू घाइतेहरुलाई अस्पतालहरुमा स्थानान्तरण गर्न इलाकामा पुगे तर दर्जनौं अझै पनि फोहोरमुनि रहेको विश्वास गरिएको छ। अस्पतालले विष्फोटमा घाइतेलाई बचाउनको लागि रक्तदान गर्न मानिसहरूलाई आग्रह गरे। स्रोत: सिन्ह्वा + बीबीसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार