वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण……

नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका हुन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार २४ महिलासहित ५ देखि ७४ वर्ष उमेर समूहका १ सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले फ्रन्टलाइनमा काम गर्दागर्दै कोरोना संक्रमित भएको बताए । रिपोर्ट आउनमा ढिलाई भएको प्रति उनको गुनासो छ । ‘श्रीमती र छोरा मसँगै छन्,’ उनले भने, ‘मेरो र श्रीमतीको रिपोर्ट पोजिटिभ आएको छ, छोराको निगेटिभ । तर, छोरा यो बीचमा हामीसँग बसेको छ ।’ साउन १६ मा दिएको स्वाबको नतिजा साउन २० को राति आयो । रिपोर्ट छिट्टै आएको भए छोरालाई अलग्गै राख्न हुन्थ्यो । रिपोर्टको ढिलाईले पनि समुदायमा कोरोना फैलिएको हो । महानगरपालिका कार्यालयका अरु १० जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कारागारका जेलर श्रवण पोखरेलले साउन १८ गते दिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बताए । साउन १२ गतेको स्वाब परीक्षणमा पोखरेलको रिपोर्ट निगेटिभ आएको थियो । त्यसबेला कारागारका २२ जनाले स्वाब परीक्षण गर्न दिएकोमा कैदीबन्दीसहित १३ जनाको पोजिटिभ आएको थियो । ‘कन्ट्याक्ट ट्रेसिङ’को क्रममा साउन १८ गते जेलरसहित १ सय १८ जनाले स्वाब दिएका थिए । जसमध्ये जेलर पोखरेलसहित ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो । नेपाली सेनाका ३ जना, वीरगन्ज भन्सारमा खटिएका ३ जना सशस्त्र प्रहरीमा समेत कोरोना पुष्टि भएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार