काठमाडौं उपत्यकामा १३८ जना संक्रमित थपिए……

काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी १०९ जना काठमाडौंका रहेका छन् । यसैगरी आज देशभर ४८४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए । यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ रहेको छ । स्रोतः रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार