हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी……

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् । डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी १४३ खोप अहिले पनि प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् । यसबाहेक विश्व स्वास्थ्य संगठनले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशलाई पनि चेतावनी दिएको छ । स्वास्थ्य संगठनले जुन देशमा अहिले पनि उल्लेख्य मात्रामा नयाँ संक्रमित फेला परिरहेका तर उनीहरुले मानिसलाई जम्मा हुने अनुमती दिन्छन् भने यो विध्वंसलाई निम्तो दिए सरह हुने बताएको छ । स्रोतः बीबीसी ( रापा )

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार