इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने……

इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको छ। ‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको बताइएको छ। उक्त अबसरमा इरानी राजदूतले ‘कोभिड–१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई वधाई दिएका थिए। जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेको बताइएको छ। दिमित्रीभले दुई देशबीच कोभिड–१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए। रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड–१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए। श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार