काठमाडौं उपत्यकामा ४६४ संक्रमित थपिए, २२ जना भेन्टिलेटरमा……

बुधबार काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ३९४, ललितपुरका ४३ र भक्तपुरका ३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । यसैगरी हालसम्म २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा २१ जना बागमती प्रदेशका रहेका छन् भने १ जना प्रदेश नम्बर ५ का रहेका छन् । आइसीयुमा भने १६२ जना रहेका छन् । जसमा बागमती प्रदेशका मात्रै १०१ जना रहेका छन् । हालसम्म ५५ बढी संक्रमित रहेको जिल्लामा सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपु र रुपन्देही रहेको छन् भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमित छैनन् । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कास्की, अर्घाखाँची, बाँके र नवलपरासीमा १-१ तथा काठमाडौँमा २ जना गरी ६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३१२ पुगेको छ । मन्त्रालयका अनुसार बुधबार देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमितको कुल संख्या ४९,२१९ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार