उपत्यकामा झन् फैलिँदै कोरोना, एकैदिन ६९६ जनामा संक्रमण पुष्टि……

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको तथ्यांकले देखाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बितेको २४ घण्टामा मात्रै ६९६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन यतिधेरै संक्रमित पुष्टि भएको यो नयाँ रेकर्ड हो । यसअघि बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार थप बढेर ६९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार आज काठमाडौंमा मात्रै ६२० जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा ३८–३८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने झन् झन् बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएको थियो । उपत्यकामा कोरोना संक्रमितको संख्या साढे १० हजार नाघेको छ । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार