२४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि……

बितेको २४ घण्टामा देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । यससँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ। उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ । बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने मृतकको कुलसंख्या ३६० पुगेको छ। स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार