उपत्यकामा एकै दिन थपिए ९ सय ३४ संक्रमित, काठमाडौंमा ७४७……

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ३४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा ११४ जनामा संक्रमण देखिएको हो।देशभर १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ३१ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म ७६ हजार २ सय ५८ जनामा संक्रमण भएको छ भने ४ सय ९१ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ। स्रोत:  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार