२४ घण्टामा देशभर २१२० कोरोना संक्रमित थपिए……

पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कु्ल संख्या ८४,५७० पुगेको गौतमले बताए । आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार