चीनसँग विवाद भइरहेका बेला भारतले गर्‍याे शक्तिशाली क्षेप्यास्त्र परीक्षण……

चीनसँगको सीमा लद्दाखबारे विवाद बढिरहेका बेला भारतले भारतले नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ। भारतले शनिबार ओडिसाको बालासोरमा ‘सौर्य’ नामको ब्यालिस्टिक मिसाइलको नयाँ संस्करण सफलतापूर्वक परीक्षण गरेको हो। रक्षा मन्त्रालयका स्रोत उधृत गर्दै समाचार एजेन्सी पिटिआईले लेखेको छ– यो नयाँ मिसाइलले झन्डै हजार किलोमिटर टाढा आक्रमण गर्न सक्छ। भारतले यो क्षेप्यास्त्र परीक्षण यस्तो समयमा गरेको छ कि चीनसँग सीमा क्षेत्र पूर्वी लद्दाखमा तनाव भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गत हप्ता मात्र भारतले अन्य क्षेप्यास्त्र परीक्षण गरेको थियो। भारतले लद्दाखमा माइनस ४० डिग्री सेल्सियसको तापक्रममा पनि प्रयोग गर्न सकिने ट्यांक हतियार तयारी अवस्थामा राखेको छ। स्रोत:  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार