देशभर २२ हजार ७०९ सक्रिय संक्रमित, आज १ हजार ५५१ जनामा संक्रमण पुष्टि……

आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । यस्तै आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।  स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार