उपत्यकामा मात्रै १६८४ जनामा कोरोना संक्रमण पुष्टि……

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै १ हजार ६ सय ८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौ जिल्लामा १२९६ ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । योसँगै आज देशभर कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ३९ पुगेको छ भने अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ११२६ आज डिस्चार्ज भएका छन् । योसँगै ६८हजार ६ सय ६८ जना डिस्चार्ज भैसकेको छन् । यसैगरी पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै आजसम्म निधन हुनेको संख्या ५७८ पुगेको छ । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार