बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ माहिनायताकै धेरै……

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या विगत केही दिनको तुलनामा दोब्बर संख्याले वृद्धि भएको छ । गएको २४ घन्टामा थप एक सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या विगत चार महिना यताकै सबैभन्दा धेरै हो । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या संख्या ४३ हजार १८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप १७ हजार २ सय ३४ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । २ लाख ५८ हजार ९ सय ५५ जनामा गरिएको परीक्षणमा १७ हजार भन्दा बढी संक्रमित फेला परेका हुन । बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३४ हजार ९ सय २० पुगेको छ । हालसम्म बेलायतमा २ करोड ५६ लाख ९७ हजार १ सय ६४ जनामा कोरोना परीक्षण गरिसकिएको छ । पछिल्ला केहि हप्तायता बेलायतमा करोना संक्रमणको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा कोरोना संक्रमितको संख्या, मृतकको संख्या तथा हस्पिटल भर्ना हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । संक्रमण थप जटिल बन्दै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हिजो सोमबार कोरोना नियन्त्रणका सम्बन्धमा थप प्रतिबन्धको बारेमा घोषणा गरेका छन् । इंग्ल्याण्डमा लकडाउन सम्बन्धि नयाँ प्रतिबन्धको घोषणा गर्दै यसअघि जस्तो राष्ट्रिय लकडाउन भने नहुने उनले बताए । आफ्नो क्रियाकलाप र दैनिक गतिविधि परिवर्तन गरेर कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नुपर्ने बताएका छन् । जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च गरी तीन तहको लकडाउन लागू गरिने घोषणा गरेका छन् । मध्यम जोखिम भएका ठाउँमा हाल जारी ‘रुल अफ सिक्स’ र पब, बार तथा रेष्टुरेन्टहरु राति १० बजेसम्म नियमित रुपमा संचालन हुनेछन् । यसैगरी उच्च जोखिम भएका स्थानमा हाल जारी नियमका साथै ‘हाउसहोल्ड मिक्सिंग’ मा प्रतिबन्ध लगाइनेछ ।अति उच्च जोखिम भएका स्थानमा भने पब, बार रेष्टुरेन्ट लगायतका हस्पिटालिटी क्षेत्रहरु बन्द गरिनेछन् । तर रिटेल शप, स्कुल तथा युनिभर्सिटी भने खुल्ला रहनेछन् । इंग्ल्याण्डका धेरैजसो स्थानहरु ‘मध्यम’ जोखिममा रहेको बताइएको छ भने लिभरपुललाई बुधबारबाट अति उच्च जोखिम क्षेत्रको रुपमा घोषणा गरिने भएको छ । स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार