भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सीले सेनालाई भने: युद्धका लागि उच्च तयारी गर्नू……

पूर्वी लद्दाखमा भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङलाई आफ्ना सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन्। भारतीय पत्रिका दैनिक भास्करको दाबीअनुसार एक सैन्य आधार क्षेत्रको भ्रमण गर्ने क्रममा राष्ट्रपति सीले पिपुल्स लिवरेसन आर्मी (पीएलए) का सैनिकलाई दिल र दिमागबाटै युद्धका लागि तयार रहन आदेश दिएका हुन्। सी मंगलबार गआङडोङ प्रान्तस्थित सैन्य आधार क्षेत्रको भ्रमणमा गएका थिए। छाओझु सहरस्थित पीएलए मरिन कोर्प्स भ्रमण गर्ने क्रममा चिनियाँ राष्ट्रपति सीले सेनलाई भने, ‘देशप्रति इमान्दार र प्रतिबद्ध बन्नू। युद्धका लागि दिल–दिमागबाटै उच्च तयारीमा लाग्नू।’ गुआङडोङ प्रान्तमा निर्मित सेनझेन विशेष इकोनोमिक जोनको ४०औं स्थापना दिवसका अवसरमा राष्ट्रपति सी त्यहाँ पुगेका थिए। यसअघि मंगलबार नै चीनको विदेश मन्त्रालयले अमेरिकी कांग्रेसले ताइवानलाई अत्याधुनिक हतियार दिन लागेकोबारे समीक्षा गरेको थियो। स्रोत:  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार