२४ घण्टामा थपिए ३ हजार ७ सय ९० कोरोना संक्रमित, २ हजार ३ सय ३५ डिस्चार्ज……

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको बताएका छन् । यो सँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ४० हजार ७ सय ७८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४ सय ७० जना रहेकाे छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार