हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु……

हङकङमा नेपालीले सञ्चालन गर्दै आएकाे लाइसेंसविहीन रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको जनाइएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको जनाइएको छ । अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । यो आगलागीको घटना हङकङको एक दशकयताकै सबैभन्दा ठूलो भएको समाचारमा जनाइएको छ । फ्ल्याटमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिँदै आएको थियो जहाँ बर्थडे पार्टी भइरहेको थियो । अधिकांश मृतक नेपाली रहेका छन् । प्रहरीले रेस्टुरेन्टको लाइसेन्स भए–नभएको बारे थप अनुसन्धान भइरहेको जनाउनुका साथै हालसम्म आगलागी हुनुको कारण खुल्न नसकेको जनाएको छ । हङकङका नेता, मुख्य कार्यकारी क्यारी लामले भनिन् कि उनी दु: खको घटनाबाट गहिरो दु: खी छु। लामले भनिन् कि उनले सम्बन्धित विभागहरुलाई बचेकाहरूलाई मद्दत गर्न र आगलागीको कारण पत्ता लगाउन भनेका छन । श्रोत: साचामपो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार