२४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु……

पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् । २४ घण्टामा २ हजार ७९१ कोरोनामुक्त, २४ को मृत्यु मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार