उत्तर कोरियाका शासक किमका भतिजा बेपत्ता, जसका बुबाको हत्यामा किमकै नाम जोडिएको थियो……

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल बेपत्ता भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी किम जोङ उनका सौतनी भाइ किम जोङ नामका छोरा हुन्। उनको अवस्था अज्ञात भएपछि अप्रिय अवस्थाको आशंका गरिएको छ। यसअघि उनका बुबा किम जोङ नाम पनि सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा मारिएका थिए। जुन घटनामा संलग्न आरोपमा भियतनामी र इन्डोनेसियाली महिला पक्राउ परेका थिए भने दाइ किम जोङ उनको नामसमेत जोडिएको थियो। तर उत्तर कोरिया सरकारले आरोप झुटो भएको दाबी गरेको थियो। अहिले फेरि नामकै छोरो एकाएक हराएपछि शंका भएको हो। आफ्ना बुबाको हत्या भएपछि २०१७ मै सोल, उनका बहिनी र आमाले गोप्य रूपमा उत्तर कोरिया छाडेका थिए। सोल अन्तिमपटक अमेरिकी गुप्तचर एजेन्सी (सिआइए) एक प्रतिनिधिसँग देखिएका थिए। तर त्यसयता उनको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार