कोरोनाको अर्को नयाँ प्रकार भेटियो, दक्षिण अफ्रिकाबाट बेलायत पुग्यो……

बेलायतमा कोरोनाभाइरसको अर्को एउटा नयाँ भेरियन्ट (प्रकार) भेटिएको छ जुन पछिल्लो नयाँ भेरियन्टभन्दा थुप्रै गुणा बढी खतरनाक छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले बुधबार नयाँ भेरियन्टका दुई संक्रमित भेटिएको जानकारी दिएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको हो । बेलायतमा जुन दई व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएका छन्, उनीहरु हालै दक्षिण अफ्रिकाको यात्रामा गएका थिए । म्याट हेनककका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट बेलायतमा पाइएको भेरियन्टभन्दा बढी तीब्र गतिमा फैलने र बढी म्युटेट हुने किसिमका छन् । उनले यो भेरियन्टको प्रसारलाई निकै चिन्ताजनक बताएका छन् । ताजा चिन्तालाई मद्देनजर गर्दै दक्षिण अफ्रिकाको यात्रामा हालका लागि प्रतिबन्ध लगाइएको छ । यसबाहेक पछिल्लो १५ दिनमा दक्षिण अफ्रिकाबाट फर्किएका र उनको सम्पर्कमा आएका मानिसहरुलाई तुरुन्त क्वारेन्टिन हुन निर्देशन दिइएको छ । कोरोनाभाइरसको यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा गम्भीर चिन्ताको विषय बनेको छ । दक्षिण अफ्रिकाकाम स्वास्थ्यमन्त्री ज्वेली मिखाइजले यो नयाँ भेरियन्टको चपेटमा आएर युवा तथा स्वस्थ मानिसहरु पनि नराम्रोसँग बिरामी परिरहेको जानकारी दिइएका छन् । यस्तै दक्षिण अफ्रिकी वैज्ञानिकले नयाँ भेरियन्ट निकै तीब्र गतीमा फैलिरहेको र यसले देशको विभिन्न हिस्सालाई नराम्रासँग आफ्नो चपेटमा पारिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । हाल कोरोनाभाइरसको यो भेरियन्टमाथि अध्ययन गरिँदैछ तर हालसम्म जति जानकारी प्राप्त छ, त्यस अनुसार यो थुप्रै गुणा तीबै गतिमा फैलन्छ । दक्षिण अफ्रिकामा भेटिएका नयाँ भेरियन्ट बेलायतमा पाइएको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो छ । यद्यपि, दुबै भिन्नभिन्न विकसित भएका हुन् । दुबै भेरियन्टमा N501Y नामको म्युटेशन भएको हो जसरले शरीरको कोसिकालाई प्रभावित गर्छ । यसैबीच पछिल्लो २४ घण्टामा बेलायतमा कोभिड–१९ का ३९,२३७ संक्रमित भेटिएका छन् । स्रोत: रापा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार