१० महिनापछि खुले उपत्यकाका विद्यालय…..

काठमाडौँ — लामो समयदेखि अनलाइन कक्षामा पढ्दै आएका काठमाडौं उपत्यकाका विद्यार्थी आइतबारदेखि विद्यालयमै उपस्थित हुन थालेका छन् । कोरोना महामारीका कारण लामो समय बन्द भएका धेरै विद्यालयले असारबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए । आइतबारदेखि विद्यालयमै भौतिक उपस्थितिमा पढाइ सुरु भएको हो । मुलुकका ग्रामिण र सहरी क्षेत्रका विद्यालय भने पुसबाटै खुलेपनि उपत्यकाका विद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गर्दै आएका थिए । उपत्यकाका स्थानीय तहले माघ १ बाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरै विद्यालय आइतबारदेखि खुलेको हुन् । करिब १० महिनापछि खुलेका विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको छ । विद्यालयमा अनिवार्य मास्क गराइएको छ । विद्यार्थीहरुका तापक्रम जाँच गर्नेदेखि कक्षा कोठामा भौतिकदुरी कायम गरेर पठनपाठन गराउने अभ्यासलाई पनि विद्यालयले पछ्याएका छन् । अनलाइन कक्षामै खुम्चिएका विद्यार्थीहरु विद्यालय आउँदा खुशी देखिन्छन् । ‘करिब १० महिनापछि विद्यालय आउँदा विद्यार्थी हर्षित छन् । अभिभावक पनि हर्षित नै भएर विद्यार्थी पठाइरहेका छन्,’निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टिकाराम पुरीले बताए,’विद्यालय आलोपालो सिस्टममा पनि सञ्चालनमा आएका छन् । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार