बेलायतमा कोरोनाबाट एक लाखको मृत्यु, प्रधानमन्त्रीले भनेः मृत्युको जिम्मेवारी म लिन्छु……

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख भन्दा बढी पुगेको बताइएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार १ लाख चार हजार मानिसको मृत्यु भएको छ। बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेको समाचारमा जनाइएको छ। यहाँका विभिन्न अस्पतालमा सङ्क्रमितको संख्या भने पहिलेका हप्ताको तुलनामा पछिल्ला हप्ताहरुमा निकै बढेको बताइएको छ। प्रधानमन्त्री बोरिस जोनसनले मृत्युको सम्पूर्ण जिम्मेवारी आफूले लिएको बताएका छन्। साथै उनले नागरिकको मृत्यु प्रति शोक व्यक्त गरेका छन्। मृत्युबाट दुःखी हुँदै प्रधानमन्त्री बोरिसले भने, ‘यसको लागि म सम्पूर्ण जिम्मेवारी लिन्छु। म यी मृत्युका लागि धेरै दु:खी छु। म आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति शोक व्यक्त गर्दछु जसले बाबुआमा, दाजुभाइ, छोरा र छोरीहरू गुमाए।उनले एक प्रेस सम्मेलनमा भनेका थिए हाम्रा मन्त्रीहरूले यसलाई नियन्त्रण गर्न अनावरत प्रयास गरेका छन्। उनले यो पनि भनेका थिए मृतकका आफन्तहरुको शोक कम गर्न सकिदैन। यस घटना पछि यो देशसँग यसका पाठहरू सिक्ने, सोच्ने र सुधार गर्ने मौका छ। खोपको थालनी भएपछी राहत मिलेको छ।’ यहाँका अस्पतालहरुमा हाल झन्डै ३८ हजारको संख्यामा कोरोना संक्रमितको उपचार भइरहेको पनि यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले जानकारी दिएका छन्। स्वास्थ्यमन्त्री म्याटले बताएअनुसार हाल यहाँका अस्पतालहरुमा भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी रहेको छ। यहाँ पहिलाको पहिलो वेभको तुलनामा दोब्बरभन्दा पनि बढी कोरोना सङ्क्रमित अस्पताल भर्ना भएका छन्। साथै कोरोना सङ्क्रमणका कारण भेन्टिलेटर बेडमा रहेका बिरामीको संख्या पनि चार हजार नाघेको छ।उता बेलायतमा खोप दिने क्रम पनि सुरु भएको छ। हालसम्म बेलायतमा ६० लाखभन्दा बढी नागरिकले खोप लगाइसकेका बताइएको छ।यसरी एकातर्फ यहाँ खोप दिने क्रम जारी नै छ भने अर्कातर्फ बेलायतबाट निस्किएको नयाँ प्रजातिाको भाइरसको सङ्क्रमण पनि दिन प्रतिदिन बढ्दो मात्रामा रहेको पाइएको छ। श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार