भारतले छिमेकी राष्ट्रहरुलाई दियो ५५ लाख खोप……

भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोनाविरुद्धको ५५ लाख खोप सहयोग प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले एक करोड खोप अफ्रिकी मुलुकहरुलाई दिने योजना रहेको पनि बिहीबार जनाएको छ । त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरूलाई दिन लागिएको पनि मन्त्रालयले जानकारी दिएको छ । साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमन तथा क्यारेवियाली १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोना विरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको बताए । उनले भारतसँग खोप प्राप्त गर्न पनि धेरै देशहरुले चासो राखिरहेको जानकारी दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गरेका छन् । उनले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिएका छन् । तर पहिलो जिम्मेवारी भने छिमेकीहरु प्रति हुने प्रधानमन्त्री मोदीको भनाइ छ । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार