नयाँ सत्ता समीकरणका लागि काँग्रेस र जसपासँग भेट…..

काठमाडौं । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना र नेकपा खारेज गरेसँगै भावी सत्ता समीकरणका लागि राजनीतिक दलहरुबीच जोड घटाउ सुरु भएको छ । त्यसका लागि प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस माओवादी केन्द्र र जनता समाजवादीबीच छलफल सुरु भएको हो । सत्ता सहकार्यका लागि नेकपा एमालेले जनता समाजवादी पार्टी र नेकपा माओवादीले नेपाली काँग्रेससँग आन्तरिक छलफल सुरु गरिसकेका छन् । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल अघि बढाउने निर्णय गरेको थियो । माओवादी बैठकले त्यस्तो निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर यसबारे कुराकानी गरेका छन् । यस्तै जनता समाजवादीले दुई सदस्यीय कार्यदल बनाएर दलहरूसँग वार्ता गर्ने औपचारिक घोषणा नै गरिसकेको छ । मंगलबार बसेको सो पार्टीको संसदीय दलको बैठकपछि नेता राजेन्द्र महत्तोेले सबै दुई सदस्यीय वार्ता समितिलाई विस्तार गर्दै सबै दलसँगको वार्ता अघि बढाउने निर्णय भएको जानाकरी दिए । एमालेले पनि उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेको वार्ता समिति गठन गरेको छ । तर, नेम्वाङले वार्ता समिति नै गठन गरेको भन्ने अस्वीकार गरेपनि जसपा लगायतका दलहरूसँग सत्ता सहकार्यबारे छलफल भएको स्वीकार गरे । वार्ता समिति नै गठन भएको चाही थाहा छैन तर कुराकानी भने भइरहेको छ’, नेम्वाङले रातोपाटीसँग भने । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै नयाँ सत्ता समीकरणका लागि दलहरुबीच गृहकार्य तीव्र बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन माओवादीले फिर्ता लिएमा सरकार टिकाइराख्न अर्को दलको साथ अनिवार्य छ । यस्तो अवस्थामा ओलीले जसपा र काँग्रेसको समर्थनका लागि साथ दिन आग्रह गर्दै आएका छन् भने माओवादी केन्द्रले पनि काँग्रेस र जसपाको साथ लिएर ओली सरकारलाई विस्थापन गर्ने रणनीति बनाएको छ । सोही रणनीति अनुसार प्रधानमन्त्रीबाट ओलीलाई हटाएर नयाँ गठबन्धनका प्रचण्ड र देउवालाई भेट्न बुढानिलकण्ठ पुगेको श्रोतको दावी छ । २७५ सदस्यीय प्रतिनिधिसभामा मुख्य चार दल एमाले १२१, काँग्रेस ६३, माओवादी केन्द्र ५३ र जसपाका ३४ सांसद छन् । नयाँ सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ । जुन अहिलेको अवस्थामा कुनै पार्टीसँग पनि छैन । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार