चिनियाँ ‘भेरोसेल’ खोप यहीँ चैत २५ गतेदेखि लगाउने……

सरकारले कोभिड-१९विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ यहीँ चैत २५ गतेदेखि लगाउने निर्णय गरेको छ। चीन सरकारले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको कोभिड-१९विरुद्धको ८ लाख डोज खोप चैत २५ गतेदेखि लगाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथसाथै हिमालय सीमापार व्यापार गर्ने व्यापारीहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नागरिकन्यूजलाई बताए। प्रवक्ता गौतमका अनुसार कोरोनाविरुद्धको खोप ९ लाख मानिसलाई लगाउने योजना सरकारको रहेको छ। जसमध्ये हालसम्म ५ लाखलाई खोप लगाइसकिएको छ भने बाँकी ४ लाखलाई यो ‘भेरोसेल’ खोप लगाउने उनले बताए। श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार