थपिए ३३९ कोरोना संक्रमित……

पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौँमा १३२ गरी जम्मा १६३ जना संक्रमिण थपिएका छन् । देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार