महानगरले शिक्षक/विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन……

काठमाडौं महानगरपालिकाले शिक्षक/विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार बसेको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो । त्यस्तै संक्रमण देखिएका विद्यालयमा उक्त अवधिमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पनि महानगरले अनुरोध गरेको छ । त्यस्तो अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा सञ्चालन गर्न महानगरपालिकाले अनुरोध गरेको छ । बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा परेको छ । विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाब बढ्दो छ तर सरकारका निकायहरूले निर्णय लिन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित सिफारिस गरेको छ । सीसीएमसी र मन्त्रिपरिषद्मा उक्त सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन । शिक्षा मन्त्रालयले कोरोनाको जोखिम बढे पालिकाहरूले विद्यालय बन्दको निर्णय लिन सक्ने दोहोर्‍याएको छ । तर कोरोना संक्रमित भेटिएका र बढी जोखिममा रहेका पालिकाले शिक्षण संस्था बन्दको निर्णय लिएका छैनन् । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार