२० शृंखलामा नेपालको लगातार दोस्रो जित…..

काठमाडौँ — त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबारको खेलमा कुशल भुर्तेल र आसिफ शेखले लगातार सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला क्रिकेटमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । कुशल र आसिफले पहिलो विकेटमा १ सय २ रनको साझेदारी गरेपछि मलेसियाले छाडेको १ सय १० रनको मध्यम चुनौतीलाई १२.१ ओभरमै पूरा गर्यो । नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कुशलले अविजित ६१ र आसिफले ४२ रन बनाए । नेपाल विजयको नजिक पुगेपछि आउट भएका आसिफले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कुशलले ४१ बल खेली ३ चौका र ५ छक्का प्रहार गरे । दीपेन्द्र ६ रनमा अविजित रहे । यसअघि टस हारेपछि ब्याटिङमा आएको मलेसिया १६.५ ओभरमै अलआउट भएको थियो । करण केसीले ३ विकेट लिँदै मलेसियालाई धरासायी बनाए । करणले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमको नाममा १–१ विकेट रहयो । मलेसियाबाट ओपनर सैयद अजिजले सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कप्तान अहमद फेज ३ रनमा रनआउट हुनु मलेसियाको दुर्भाग्य रहयो । उनलाई विकेटकिपर विनोद भण्डारी र करणले मिलेर रनआउट गरे । सर्भिन मनिआन्डीले २० र सफिक सरिफले १५ रन बनाए । दोस्रो जितेपछि नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । राउन्ड रोबिनमा एकले अर्को टोलीसँग २–२ खेल खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्ने छ । नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । मलेसियाले दुबै खेल हारेको छ । नेदरल्यान्ड्सले २ खेलमा १ मा विजय र १ मा पराजय भोगेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार