२४ घण्टामा ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण……

मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ पीसीआर परीक्षणबाट शुक्रबार ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । २४ घण्टामा ९ सय २८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ । हालसम्म पीसीआर परीक्षण २४ लाख ७३ हजार ९ सय ५६ पुगेको छ । आइसोलेसनमा ३८ हजार ८ सय १३ र क्वारेन्टाइनमा ५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार