थप ८ हजार ८५० जनामा कोरोना संक्रमण……

आइतबार थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा सोको संख्यामा संक्रमण भएको जनाएको छ।मन्त्रालयका अनुसार कूल १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० मा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार