माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा……

नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार पार्टी एकताको भावनालाई ध्यानमा राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै चैत १६ गते नेपाल र रावलाई साथै १९ गते भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको थियो । एक नेताका अनुसार बैठक चलिरहेका बेलामा ओली र नेपालबीच फोन संवाद भएको थियो । स्थायी कमिटी बैठक अघि ओलीले नेता विष्णु पौडेललाई नेपाल निवास कोटेश्वर पठाएका थिए । उनीहरुबीच करिव २० मिनेट वार्ता भएको थियो । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार