राष्ट्रिय सभाको उपनिर्वाचन सम्पन्न, खसेन ९ मत……

राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा भएको मतदान प्रक्रिया सकिएको छ । हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे सकिएको हो । मतदानमा ९ जना मतदाता अनुपस्थित रहे । प्रदेश सांसद पशुपति चौलागाईंको केही दिन अघिमात्रै कोरोनाका कारण निधन भएको थियो । प्रदेशतर्फ एक सय १० मध्ये एक सय ५ मत खसेको छ । जसमध्ये विवेकशील साझाको तीन मत र माओवादी केन्द्रको एक मत नखसेको हो । विवेकशीलले मतदान प्रक्रिया बहिष्कार गरेको थियो । माओवादी केन्द्र दोलखाकी सांसद हिमाली गोल मतदान प्रक्रियामा सहभागी भइनन् । स्थानीय तहतर्फ कूल दुईसय ३८ मध्ये पाँचजना जनप्रतिनिधिहरुले मतदान गरेनन् । दोलखा मलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी, विजु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याङ्जेन शेर्पा र उपाध्यक्ष कोपिल पण्डितले मतदान गरेनन् । मतदान प्रक्रियामा सहभागी नहुनेमा कांग्रेसको तीन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी एक/एक मत रहेको छ । वाग्मती प्रदेश सदस्य एकसय नौजना र प्रदेशतर्फ दुईसय ३८ गरी कूल तीनसय ४७ मतदाता रहेका थिए । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछ रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । उपनर्विाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन् । देवकोटा स्वतन्त्र उम्मेदवार भए पनि उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको सहयोग छ । प्रदेशतर्फ एक मत बराबर ४८ मतभार र स्थानीयतर्फ एक मत बराबर १८ मतभार रहेको छ । मतगणना दिउँसो साढे ४ बजेबाट गरिने सहायक निर्वाचन अधिृकत गोविन्दप्रसाद पौडेलले जानकारी दिए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार