७ हजार ५९८ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ६६४ जना निको……

२४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । देशभर थप १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार