लगातार दोस्रो दिन कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी……

बिहीबार नेपालमा कोरोना भाइरस संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४१४ पीसीआर परीक्षण र ५ सय७८ को एन्टिजेन परीक्षण गरिएको थियो। सो दुबै परीक्षणबाट ६ हजार ९३९ नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। आज थप भएका संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार