अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण, नर्सलाई लखेटेर कुटपिट…..

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्जको भेरी अस्पतालमा मृतकका आफन्तले स्वास्थ्यकर्मीलाइ नै ‘हत्या गर्ने प्रयास’ गरेका छन्। अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्सलाई मृतकका आफन्तले लखेटिलखेटी आक्रमण गरेका हुन्। अस्पतालका अनुसार यही जेठ ४ गतेदेखि दाङ निवासी डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राती ८ बजेतिर मृत्यु भयो। मृत्यु भए लगत्तै मृतकका भाई मान बहादुर रावत लगायतले चिकित्सक र स्टाफ नर्सलाई लखेटिलखेटी आक्रमण गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा आफ्नो ज्यान जोगाउन ३ जना नर्सले छतबाटै हाम फालेका थिए। आक्रमणकारीले नर्स र चिकित्सकको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको पीडितले बताएका छन्। ‘हामीले सबै बिरामीलाई हेरिरहेका थियौं, आईसियुमा एकजना बिरामीलाई अलि अप्ठ्यारो भएपछि त्यहाँ हेर्न गएको बेलामा यतातिर उहाँ (डिल्लीबहादुर) को मृत्यु भएछ, त्यसपछि हामीलाई ६/७ जना केटाहरु बोलाएर लेखेट्न थालियो, एक जना स्टाफ नर्सले भनिन् ‘ज्यान जोगाउन हरेक प्रयास गर्दा पनि केही सिप चलेन्, कसैले घाँटी थिच्ने, कसैले लखेट्ने काम गरे, ड्युटी रुममा पसेर लुक्दा पनि ढोका फोडे, शौचालयमा पस्दा पनि ढोका फोडेपछि हामफाल्न बाध्य भयौं। आफुहरुको हत्या नै गर्ने प्रयास भएको र उक्त घटनाले काम गर्ने वातावरण नै नभएको पीडित स्वास्थ्यकर्मीले बताएका छन्। ‘हामी बिरामीको सेवामा रातदिन खटिरहेका छौं, तर हामीलाई आक्रमण गरेर हत्या गर्ने प्रयास भयो,’ एक स्टाफ नर्सले भनिन् ‘हामीमाथि ठुलो अन्याय भएको छ, दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण मात्र गरेनन्, अस्पतालको आईसियु कक्षमा समेत तोडफोड गरिदिएका छन्।  घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति बनाइएको जिल्ला प्रहरी प्रमुख (एसपी) ओम रानाले बताए । आईसियुमा एकजना बिरामीलाई अलि अप्ठ्यारो भएपछि त्यहाँ हेर्न गएको बेलामा यतातिर उहाँ (डिल्लीबहादुर) को मृत्यु भएछ, त्यसपछि हामीलाई ६/७ जना केटाहरु बोलाएर लेखेट्न थालियो,’ एक जना स्टाफ नर्सले भनिन् ‘ज्यान जोगाउन हरेक प्रयास गर्दा पनि केही सिप चलेन्, कसैले घाँटी थिच्ने, कसैले लखेट्ने काम गरे, ड्युटी रुममा पसेर लुक्दा पनि ढोका फोडे, शौचालयमा पस्दा पनि ढोका फोडेपछि हामफाल्न बाध्य भयौं। आक्रमणमा संलग्न रहेका मानबहादुरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको उनले सुनाए। अन्य व्यक्ति भने फरार रहेको बताइएको छ। ‘आक्रमणमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएका छौं, पीडित स्वास्थ्यकर्मीले सरकारद्वारा हालै जारी गरिएको ऐन अनुसार कारबाही गर्नुपर्ने माग गर्नु भएको छ,’ उनले भने। आक्रमण गर्ने व्यक्तिले आफुहरुसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पावर भएको बताएकाले कारबाही हुनेमा पीडित स्वास्थ्यकर्मीले शंका व्यक्त गरेका छन्। कोभिडको यस्तो महामारीमा स्वास्थ्यकर्मीले दिनरात नभनेर बिरामीको सेवा गरिरहेका छौं, तर स्वास्थ्यकर्मीमाथि नै यस्तो अमानविय घटना हुन्छ, साह्रै दुःखी भएका छौं,’ उनले भनिन्। छानविन समिति माथी नैं शंका रहेको अध्यक्ष केसीको भनाई छ। भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पतालको कोभिड वार्डमा भएको घटना एकदमै दुःखत र अमानविय कार्य भएको बताएका छन् । श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार