६ हजार ८५५ मा कोरोना संक्रमित, ९ हजार ८४१ जना निको……

२४ घण्टामा देशभर ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । यस्तै, ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको छ । क्वारेन्टाइनमा ८०९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार