राष्ट्रपति र प्रधानमन्त्रीका कदमको राजनीतिक रूपमा प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय……

पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकले कोरोना महामारीबाट सुरक्षित हुँदै राजनीतिक तहबाट असंवैधानिक कदमको विरोध गर्ने तय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । बैठकमा वैधता गुमाएको कामचलाउ सरकारले पूर्ण आकारको बजेट ल्याएको प्रति पनि विपक्षी गठबन्धनका नेताहरुले विरोध जनाएका थिए । ‘कानूनी रूपमा अदालतमा पनि हामी गएका छौं । कोरोनाबाट राजनीतिक रूपमा पनि कसरी प्रतिवाद गर्ने भन्नेबारे छलफल गरेका छौं । असंवैधानिक कदमका विरुद्ध क्याम्पेन गरेर अघि बढ्नेबारे कुराकानी भएको छ,’ पौडेलले भने । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले (खनाल–नेपाल समूह) नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए । नेताहरूले आफनो असंवैधानिक कदमका विरुद्ध सडक प्रदर्शन हुने डरले प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई कडा बनाएको निष्कर्षसमेत निकालेका थिए । कोराना महामारी नियन्त्रण र रोकथामका अन्य उपाय अबलम्बन नगरी नागरिक अधिकार कुण्ठित पार्ने गरी निषेधाज्ञालाई मात्रै जोड दिएको विपक्षी गठबन्धनको ठहर छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार