४ हजार ६२४ मा कोरोना संक्रमण पुष्टि, ८ हजार बढी निको……

२४ घण्टामा देशभर ४ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १४ हजार १८२ पीसीआर परीक्षणमा ४ हजार ६२४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ६ हजार ६३१ एन्टिजेन परीक्षणमा २ हजार २९ जनामा कोरोना संक्रमण भेटिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । यस्तै, २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुगेको छ । क्वारेन्टाइनमा ७५५ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार