भारतबाट नेपाली सेनाले भित्र्यायो स्वास्थ्य सामग्री……

शनिवार रुपन्देहीको बेलिया नाका हुँदै नेपाली सेनाले २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ । शुक्रबार ती स्वास्थ्य सामग्री लिन नेपाली सेनाका ट्रकहरु भारत तर्फ लगिएको थियो । ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट , एन ९५ मास्क , पिपिई लगायतका सामग्री ल्याईएको नेपाली सेनाले जनाएको छ । त्यस्तै भारतले ६ वटा एम्बुलेन्स समेत नेपाली सेनालाई सहयोग पठाएको छ । नेपाली सेना र भारतिय सेना बिचको आपसी सम्बन्धबाट सहयोग आदन प्रदानको नियमित प्रकृया अन्तरगत उक्त स्वास्थ्य सामग्री आएको र भारतिय सेनाले नेपाली सेनालाई ६ वटा एम्बुलेन्स समेत पठाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिए । सेनाका ती सामग्री शनिवार रुपन्देही भित्रिएको र त्यहाँबाट काठमाडौं पठाउने जानकारी आफूले पाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार