२४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त……

२४ घण्टामा देशभर ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबारको कोभिड ब्रफिङमा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ८८ हजार १२४ पुगेको छ । यस्तै, २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार