काठमाडौँ महानगरपालिकामा प्राथमिकता परेका नागरिक खोपबाट बञ्चित……

सरकारले देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कोरोनाविरुद्धको भेरोसेल खोप दिने अभियान काठमाडौं महानगरपालिकामा रोकिएको छ । महानगरपालिकाले मागअनुसार खोप नपाउँदा प्राथमिकतामा परेका नागरिक नै वञ्चित भएका हुन । जेठ २५ गतेदेखि देशभर कोरोना विरुद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खाने दिने घोषणा गरेपछि महानगरले जेठ २५ गतेदेखि २९ जेठसम्म प्रत्येक वडाको खोप केन्द्रमा उमेर समूह छुट्टाएर खोप अभियान सञ्चालन गरेको थियो । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकतामा राखी अभियान सुरु गरेपनि महानगरमा खोप अभाव कारण अभियानको २ दिन अगावै अभियान स्थगित भएको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । सरकारबाट काठमाडौं जिल्लाले ६४ हजार खोप प्राप्त गरेपनि ३ दिनमै सकिएको उनले सुनाए । १ लाख ६६ हजार खोपको माग गरेपनि ६४ हजार मात्र खोप मात्रै सरकारले पठाएकाले खोप अभियान रोकिएको प्रवक्ता डंगोलले बताए । काठमाडौं जिल्लामा ४० र महानगरमा २८ हजार ४ सय ९६ जनाले खोप लगाएको उनको भनाइ छ । ६० देखि ६४ वर्ष उमेरका व्यक्ति काठमाडौंमा १ लाख ६६ हजार र काठमाडौं महानगरमा मात्र १ लाख ३ हजार जना छन् । १ देखि ३२ वटासम्म सञ्चालन भएका खोप अभियान अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको उनले बताए ।परिवार कल्याण महाशाखाअनुसार चीन सरकारले अनुदान सहयोगमा दोस्रो पटक दिएको भेरोसेल खोप १० लाख डोज जनगणना अनुसारको जनसंख्यालाई आधार मानेर सातै प्रदेशमा पठाइएको थियो । सरकारले यसअघिको जनगणनाअनुसार प्रदेशहरू खोप पठाउँदा खोप अब काठमाडौं महानगरपालिकामा जस्तो देश अन्य भागमा पनि खोप प्राथमिकिकरण गरिएको उमेर समूहलाई नपुग्ने निश्चित जस्तै भएको छ । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार