२४ घण्टामा ५ हजार १४७ जना संक्रमणमुक्त……

२४ घण्टामा देशभर २ हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ९ हजार ४३८ पीसीआर परीक्षणमा २ हजार ४९ जनामा कोरोना पुष्टि भएको हो ।यसैगरी, ५ हजार ३८१ एन्टिजेन परीक्षणमा ८६९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । यस्तै, २४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार