२७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त……

पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ८९ प्रतिशत रहेको छ । नयाँ संक्रमितभन्दा निको हुने बढी रहेसँगै हाल सक्रिय संक्रमितको संख्या घटेर ५९ हजार ६२४ पुगेको छ । यसमध्ये ५५ ३७५ जना होमआइसोलेनमा, ४ हजार २४९ संस्थागत आइसोलेसनमा, ८७२ जना आईसीयू तथा २४६ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ६४१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.६ प्रतिशत रहेको छ । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार