मनाङको चामेमा थुनियो मर्स्याङ्दी नदी…..

लमजुङ — सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । हिमाली जिल्ला मनाङबाट बग्ने मर्स्याङ्दी नदी चामेमा ताल बन्दा जोखिममा परेको माथिल्लो मनाङ जाने बेलिब्रिज ।  थुनिएको भागबाट मर्स्याङ्दी बगेपनि पानी निरन्तर परिरहेकाले बहाब बढेको छ । यसबाट चामेको पारीपट्टीको भाग डुबानमा परेको छ । सिंगो चामेबजार उच्च जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलिब्रिज समेत कटान गरेको छ । चामेका पल्साङ गुरुङले मर्स्याङ्दी बढ्दै आएको र घट्टेखोलाबाट बगेको बाढीले ढुंगामुढा बगाएर थुपारिदिएपछि चामेमा मर्स्याङ्दी नदीले तालको रुप लिएको छ । यसबाट माथिल्लो मनाङ जाने पुल कटान गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदीको बहाब बढ्दै गएको र यसले चामेबजार थप जोखिममा पारेको बताए । चामेको बीच बजारबाट बगेर आएको बाढीसहितको ढुंगामुढा मर्स्याङ्दीमा पसेर मर्स्याङ्दीलाई ताल बनाइदिएको उनले बताए । नेपाली सेनामार्फत बम विष्फोट गराइ मर्स्याङ्दी खुलाउने तयारी भएपनि पानी निरन्तर परिरहेकोले समस्या भएको प्रजिअ लामिछानेले बताए । सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको उनले बताए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार