२५ सिट बढी भएका सार्वजनिक सवारी साधन जोर-बिजोरमा चल्न पाउने…..

काठमाडौँ — उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । ती सवारीलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोर बिजोरअनुसार चलाउन दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । काठमाडौंका प्रजिअद्वारा जारी आदेशमा भनिएको छ, ‘काठमाडौं उपत्यकाभित्र मात्र सञ्‍चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्‍ चालन गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्‍चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी) बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्ने सार्वजनिक सवारी साधन बिहान ६:०० बजे देखि साँझ ७:०० बजेसम्म मात्र सञ्‍चालन गर्ने । यस्तै दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल पनि बिहानदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको उनले बताए । यस्तै अन्य पसलहरूको हकमा पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको छ । वैशाख १६ गतेयता सार्वजनिक सवारी साधन बन्द छन्। पछिल्लो निर्णयसँगै मंगलबारदेखि काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढी क्षमता भएका सवारी साधन स्वास्थ्य मापदण्ड अपनाएर चल्न पाउनेछन् । माइक्रो तथा टेम्पोजस्ता साना सवारी साधनको हकमा लगाइएको रोक भने कायमै छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार